अनुगमनका क्रममा प्रकाश पोलिक्लिनिक पुनःसिलबन्दी

Post Date : October 6, 2016 | 10:33 am

काठमाडौँ, १९ असोज । चाडबाड आएसँगै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

नियमित रुपमा गरेको बजार अनुगमनका क्रममा विभागले आज काठमाडौँ उपत्यकाको ११ वटा पसलको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा गत भदौ २३ गते नवीकरण नगरेको भन्दै सिलबन्दी गरेको प्रकाश पोलिक्लिनिकलाई लामो समय हुँदासम्म जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको निर्देशन पालना नगरेको पाएपछि उक्त पोलिक्लिनिकलाई पुनःसिलबन्दी गरिएको हो । अनुगमनकै क्रममा व्यवसाय दर्ता नगरेको भन्दै युवराज कम्प्लेक्सलाई दर्ता गर्न निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

व्यवसायको पुँजी नखुलेको तथा वाणिज्य विभागमा दर्ता नगरेको भन्दै ओम कस्मेटिक मखनटोल, अचल कस्मेटिक मखनटोल निशान्त किराना पसल पुल्चोकलाई सात दीनभित्र सबै काम गरी विभागमा आउन निर्देशन दिइएको छ ।

त्यसैगरी घरेलु सक्कल कागजात र कर चुक्ताको कागज देखाउन नसकेको भन्दै बाराही ज्वेलरी इन्डस्ट्रिज पाटन औद्योगिक क्षेत्रलाई आवश्यक कागजसहित सात दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *