अनुदान दिन रु ७६ लाख विनियोजन

Post Date : June 10, 2016 | 1:18 pm

वीरगन्ज, २८ जेठ । सरकारले सहकारी खेती तथा साना सिँचाइका लागि चालु आवमा जिल्लाका कृषकलाई अनुदान दिन रु ७६ लाख बजेट विनियोजन गरिएको छ ।

कृषि उत्पादनमा आत्मनिर्भर तथा गरिबी न्यूनीकरण गर्ने उद्देश्यले उक्त बजेट विनियोजन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हाले बताउनुभयो । साना सिँचाइ विशेष कार्यक्रम सञ्चालन गर्न रु ६१ लाख, सहकारी खेतीमा आधारित साना सिँचाइतर्फ रु १२ लाख र सहकारीमा आधारित साना सिँचाइ योजनातर्फ रु तीन लाख विनियोजन गरिएको छ ।

ती कार्यक्रम सञ्चालनका लागि सूचना प्रवाह गर्दा साना सिँचाइ विशेष कार्यक्रमका लागि साना कृषक समूहबाट ५३८ वटा निवेदन परेकामा बैठकले रितपूर्वक आएका २११ वटा कृषक समूहलाई स्वीकृत गरेको छ । ती समूहलाई सिँचाइका लागि पम्पसेट अनुदानमा उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

त्यस्तै सहकारीमा आधारित साना सिँचाइ योजना कार्यक्रमतर्फ नौ वटा र सहकारी खेतीमा आधारित साना सिँचाइतर्फ १३ वटा निवेदन परेकामा जल उपभोक्ता कृषक सहकारी संस्था विजवनियालाई र सहकारी खेतीमा आधारित साना सिँचाइ स्किमतर्फ बालाजी कृषि सहकारी संस्था चोर्नी, कृषक उपभोक्ता सहकारी संस्था गोविन्दपुर तथा सुगीभार माई कृषि सहकारी संस्था शङ्कर सरैयाको प्रस्ताव स्वीकृत गरेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *