अन्तर्राष्ट्रिय स्तरको खाना पकाउने ग्यास सिलिण्डर प्रयोगमा ल्याउने गृहकार्य

Post Date : July 6, 2016 | 11:35 am

काठमाडौं, २२ असार । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय स्तरको खाना पकाउने ग्यास सिलिण्डर प्रयोगमा ल्याउने गृहकार्य अघि बढाएको छ । हाल नेपालमा चलनचल्ती रहेका सिलिण्डर निकै पुराना र जोखिम पनि बढी भएकोले आम उपभोक्ताको सुरक्षालाई मध्यनजर गरी “कम्पोजिट सिलिण्डर” प्रयोगमा ल्याउने बारे अध्ययन गरिरहेको निगमले जनाएको छ । यस प्रकारको सिलिण्डर प्लाष्टिक र फाइबरबाट बन्ने भएकोले खिया नलाग्ने, हलुका र सुरक्षित हुन्छ । विकसित देशहरू अमेरिका, यूरोप, कोरिया लगायतका देशहरूमा यस्तो प्रकारको सिलिण्डर प्रयोगमा छन् । यस सिलिण्डरको तौल ५ केजी हुन्छ । यस्तो सिलिण्डरमा २ देखि २२ किलोसम्म ग्यास भर्न मिल्ने निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *