अरनिको डेभलपमेन्ट बैंकको १० शेयर बराबर ३.६ को अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला

Post Date : October 25, 2016 | 11:18 am

काठमाडौं, ९ कात्तिक । अरनिको डेभलपमेन्ट बैंकले २०७३ असोज २७ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि प्रति शेयर रु. १००/– अंकित दरका २५ लाख ७८ हजार ३ सय ६ दशमलब पाँच सून्य कित्ता साधारण शेयरको हकप्रद बिक्री २०७३ कार्तिक ८ गतेदेखि २०७३ मंसिर १२ गतेसम्म खुल्ला गरेको छ । बैंकको चुक्ता पूँजी हाल २५ करोड ७८ लाख ३० हजार ६ सय ५० रुपैया रहेको छ ।

शेयरधनीहरूले अरनिको डेभलपमेन्ट बैंक, धुलिखेल तथा सम्पूर्ण शाखा, सिद्धार्थ क्यापिटल लिमिटेड, अनामनगर, काठमाडौं र सिद्धार्थ बैंकका देशभरि रहेका शाखाबाट बुझाउन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *