अाज साढे १० खर्बको बजेट प्रस्तुत हुँदै

Post Date : May 28, 2016 | 9:01 am

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज शनिबार ४ बजे आर्थिक वर्ष २०७३/७४ को लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाको बजेट व्यवस्थापिका संसदबाट सार्वजनिक गर्दैछन् ।

गत वर्ष सरकारले ८ खर्ब १९ अर्ब रुपैयाको बजेट प्रस्तुत गरेको थियो । बजेटका लागि सरकारले साढे पाँच खर्ब रुपैयाभन्दा बढी राजस्वको स्रोतबाट जुटाउनेछ भने विदेशी ऋण तथा अनुदानबाट दुई खर्ब नब्बे अर्ब रुपैयाको स्रोत जुटाउने गरी बजेटमा प्रस्ताव गर्दैछ ।

नयाँ संविधान जारी भएपछि सरकारले पहिलो बजेट ल्याउन लागेको हो । संविधानमै हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने कानुनी व्यवस्था गरिएको छ ।
खासगरी पुनःनिर्माण, कृषि, पर्यटन, सामाजिक सुरक्षा, ठूला पूर्वाधारका योजना, स्वास्थ्य, शिक्षा, सञ्चार, जलस्रोत, ऊर्जालगायतका क्षेत्रत्रलाई प्रथामिकतामा राखेर बजेट ल्याइँदैछ ।

सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको स्थानीय निकायको निर्वाचनका लागि समेत बजेट विनियोजन गरेको छ ।

आगामी आवमा कर्मचारीको तलब करिब २० प्रतिशतले बृद्धि गर्न लागिएको अर्थ मन्त्रालय श्रोतले जनाएको छ ।

यस आ.व.को अन्त्यसम्म ६० अर्ब रुपैया बच्ने सरकारको अनुमान छ । यस वर्षको विनियोजित बजेट खर्च गर्नको लागि दिनमा २ अर्ब ८५ करोड रुपैया खर्चिनु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *