आई पे रिलायबल रेमिट्यान्स र माछापुच्छ्रे बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता

Post Date : July 23, 2016 | 5:06 pm

काठमाडौं, ८ साउन । आई पे रिलायबल रेमिट्यान्स र माछापुच्छ्रे बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि विदेशबाट आई पे रिलायबल रेमिट्यान्समार्फत पठाएको रकम माछापुच्छ्रे बैंकका नेपालभर रहेका शाखाबाट भुक्तानी लिन सक्नेछन् ।

आईपे रिलायबल रेमिट्यान्सले युएसए, साउदी अरब, कतार, मलेसिया, युएई, युके, अष्ट्रेलिया र जापान लगायत देशबाट सुरक्षित र भरपर्दो तरिकाले विभिन्न रेमिट्यान्स कम्पनीसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

आई पे रिलायबल रेमिट्यान्सको नेपाल अधिराज्यभर ३५०० भन्दा बढी भुक्तानी काउन्टरबाट ग्राहकले भुक्तानी लिन सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *