आज घटस्थापना

Post Date : October 1, 2016 | 3:28 pm

काठमाडौं, १५ असोज । हिन्दूहरूको महान चाड बडा दशैं आज शनिबारदेखि शुरु हुँदैछ । बडा दशैंको पहिलो दिन घटस्थापना आज घरघरमा जमरा राखेर मनाइँदै छ ।

आज जमरा राख्ने व्यक्तिले झिसमिसेमै नुहाई नदी, खोला, बगरबाट बालुवा माटो ल्याई जमरा राखिन्छ । जमरा राख्नुपूर्व कोठामा सरसफाई तथा गाईको गोबरबाट लिपपोट गरी जौ, मकै, गहुँ बालुवा र माटोमा रोपिइन्छ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

घटस्थापनाको दिन पूजाकोठामा घैँटो अथवा घडामा जल भरी माथिपट्टी आँप, चाँप, वरपिपलका पात, दुबो र फूल राखी घडाको वरिपरि गाईको गोबर टाँसेर जौ उमार्ने चलन छ ।

आजदेखि दशैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने पर्व दशैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *