आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगल युरो २०१६ को च्याम्पियन

Post Date : July 11, 2016 | 3:49 am

सेन्ट डेनिस, फ्रान्स, २७ असार । आयोजक राष्ट्र फ्रान्स र पोर्चुगलबीच भएको युरो २०१६ को फाइनल खेलमा पोर्चुगलले फ्रान्सलाई १–० लाई हराउँदै युरो २०१६ को च्याम्पियन बन्यो ।

पहिलो हाफको ४औं मिनेटमा पोर्चुगलका नानीले फ्रान्सको गोलपोष्टमा प्रहार गरेको बल गोलपोष्टको माथिबाट गएको थियो । त्यस्तै फ्रान्सका ग्रिजम्यानले १०औं मिनेटमा हेड गरेको बल पोर्चुगलका गोलकिपरले पन्च गरेर बचाउन सफल भएको थियो ।

portugal2

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो घुँडामा चोट लागेका कारण २४औं मिनेटमा खेल मैदानबाट बाहिरियो । रोनाल्डोको ठाउँमा करेस्माले खेलेको थियो ।

france1

खेलको ३४औं मिनेटमा फ्रान्सका सिसोकोले हानेको गतिलो प्रहारलाई पोर्चुगलका गोलकिपरले भली गरेर बचाएका थिए । सिसोकोले पहिलो हाफमा धेरै बल आक्रामक तवरले एक्लै लगी पोर्चुगलविरुद्ध दबाब बनाउन सफल भएको थियो ।

पहिलो हाफ सकिंदा खेल कुनै पनि गोल हुन नसकी बराबरी रह्यो । यस अवधिमा फ्रान्सले पोर्चुगलविरुद्ध दबाब बनाइरहेको थियो ।

दोस्रो हाफको ६६औं मिनेटमा ग्रिजमानले हेड गरेको बल पोर्चुगलको गोलपोष्टको ठीक माथिबाट बारिएको थियो ।

फ्रान्सका जिरौडले ७५औं मिनेटमा हानेको बलियो प्रहारलाई पोर्चुगलका गोलकिपरले रोक्न सफल भयो । त्यस्तै पोर्चुगलका नानीले ८१औं मिनेटमा टाढाबाट हानेको प्रहार फ्रान्सका गोलकिपरले भली गरेर बचाएका थिए र सोही बल पोर्चुगलका रिकार्डो करेस्माले हानेको फ्लाइङ किक बललाई पनि फ्रान्सका गोलकिपरले बचाए ।

खेलको ८४औं र ८६औं मिनेटमा क्रमशः फ्रान्सका सिसिको र गिगनाकले हानेको प्रहारलाई पोर्चुगलका गोलकिपरले रोक्न सफल भए ।

नब्बे मिनेटको निर्धारित समय सकिएर थप गरिएको ३ मिनेमा फ्रान्सका गिगनाकले पोर्चुगलका डिफेन्डरलाई छलाएर हानेको बल पोर्चुगलको गोलपोष्टमा लागी फर्किएको थियो ।

portugal3

portugal5

portugal4

थप गरिएको ३० मिनेटको पहिलो हाफमा कुनै गोल हुन सकेन भने दोस्रो हाफमा पोर्चुगलका इदरले डि एरिया बाहिरबाट फ्रान्सको गोलपोष्टको बायाँ च्यापेर हानेको बल गोल भयो । खेलभरि फ्रान्सले दबाब बनाए पनि खेल १–० ले पोर्चुगलको पक्षमा आयो ।

खेलको २५औं मिनेटमा क्रिस्टियानो रोनाल्डो घाइते भएर खेल मैदानबाट बाहिरिए पनि पोर्चुगलले १–० ले आयोजक फ्रान्सलाई हराउँदै युरो २०१६ को च्याम्पियन बन्न सफल भयो ।

portugal6

Leave a Reply

Your email address will not be published. Required fields are marked *