आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १५% बोनस शेयरसहित १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : March 27, 2017 | 8:33 am

काठमाडौँ, १४ चैत । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको हालै सम्पन्न तेस्रो वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफा १ करोड ५० लाख ६४ हजार ४ सय ८८ रुपैयाँ ४८ पैसा मध्येबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ७ लाख ८९ हजार ४ सय ७४ रुपैयाँ (कर प्रयोजनको लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमा १ बरार २ को (१ः२) अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

हाल आरएसडिसी लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ छ । बोनस शेयर र हकप्रद शेयर वितरणपछि संस्थाको चुक्ता पूँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *