आशा लघुवित्तको नयाँ दुई शाखा

Post Date : January 2, 2017 | 4:03 pm

काठमाडौँ, १८ पुस । आशा लघुवित्त वित्तीय संस्थाले नयाँ दुई शाखा विस्तार गरेको छ । तनहुँको भानु नगरपालिकास्थित तुरतुरे शाखाको उद्घाटन संचालक समितिका अध्यक्ष रामबहादुर पाण्डे र शुक्लगण्डकी नगरपालिका, खैरेनीटार शाखाको उद्घाटन संचालक प्रदिपकुमार खड्काले गर्नुभएको छ ।

आशा लघुवित्तले न्यून आय भएका तथा विपन्न वर्गका महिलालाई विभिन्न आयआर्जन व्यवसाय संचालन गर्न उनीहरुको घर दैलोमा लघुवित्त सेवा पुरयाउने भएको छ ।

साथै संस्थाले चितवन, धादिङ, नवलपरासी, सुनसरी, र रुपन्देहीमा चाँडै शाखा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *