इक्वेडरमा भूकम्पमा २७० को मृत्यु

Post Date : April 18, 2016 | 6:47 pm

मान्टा, ६ वैशाख । ल्याटिन अमेरिकी देश इक्वेडरको तटिय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २७० भन्दा बढी भएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी कम्ती दुई हजार पाँच सय व्यक्ति घाइते भएका छन् ।

भवन भग्नावशेषमा कैयौ व्यक्ति पुरिएर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

राजधानी क्विटोबाट १ सय ६० किलोमिटर टाढा रहेको म्युसिनी सहरलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पको जमिनसतहबाट १९ किलोमिटर गहिराईमा रहेको थियो

यस भूकम्पबाट तटीय सहरका भवन, पसल र होटेलहरु गरी करिब २ लाख वटा ध्वस्त तथा क्षतिग्रस्त भएको बताइएको छ । भूकम्पपछि इक्वेडर सरकारले राष्ट्रव्यापी रुपमा सङ्कटकाल घोषणा गरेको छ ।

ज्वालामुखी विस्फोट र भूकम्पीय सम्भावना अधिक रहेको इक्वेडरमा शक्तिशाली भूकम्पपछि ठाउँठाउँबाट सुनामी छाल उठ्ने सम्भावना रहेको समेत बताइएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *