इन्डोनेसियाले सन् २०१७ मा डेढकरोड विदेशी पर्यटक भित्र्याउने

Post Date : December 7, 2016 | 2:27 pm

जकार्ताा (इन्डोनेसिया), २१ मङ्सिर । इन्डोनेसियाले सन् २०१७ का लागि एक करोड ५० लाख विदेशी पर्यटक भित्र्याउने योजना मङ्गलबार सार्वजनिक गरेको छ ।

इन्डोनेसियाका पर्यटक मन्त्री एरिएफ याहयाले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, पर्यटन व्यवसायलाई थप व्यवस्थित गर्दै यहाँको अर्थतन्त्रमा योगदान पु¥याउनका लागि सरकारले देश तथा विदेशमा यसका लागि पहल थालिसकेको र लक्ष्यमा पुग्न कठिन नहुने बताउनुभयो ।

इन्डोनेसियाको सन् २०१७–२०१९ को लक्ष्यलाई पूरा गर्न सरकारले इन्डोनेसियाली सङ्घसंस्था तथा राष्ट्रिय पर्यटन उद्योगसँग सम्पूर्णं स्रोत र साधनको उपयुक्त प्रयोग गर्दै सहकार्य गर्नेछ, उहाँले भन्नुभयो ।

उहाँले इन्डोनेसियाको वर्तमान सरकारको ‘पाँच खम्बे’ नीतिको सहयोगमा सन् २०१९ सम्म वार्षिक दुई करोड पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न बृहद् कार्यक्रमका साथ अघि बढेकोसमेत जानकारी गराउनुभयो ।

इन्डोनेसियामा पर्यटन क्षेत्रले देशको कुल गाहस्र्थ उत्पादनको पाँच प्रतिशत योगदान पु¥याउँदै आएको छ । जसले एक करोड १७ लाख रोजगारीका अवसर सिर्जना गरेको छ । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *