इपिएस कोरियन भाषा परिक्षाको लागि ग्लोबल आइएमई बैंकको काउण्टर

Post Date : April 30, 2016 | 8:06 am

ग्लोबल आइएमई बैंकले सातौं इपिएस कोरियन भाषा परिक्षाको लागि देशभर विभिन्न स्थानहरूमा काउण्टर स्थापना गरेर परीक्षा शुल्क संकलन केन्द्र राखी सेवा प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैंकले देशभरको १० स्थानमा सो सेवा बुधबारदेखि शनिबारसम्म संचालनमा रहने जनाएको छ ।

यस वर्ष काठमाडौं उपत्यकामा महेन्द्र आदर्श विद्यालय सातदोबाटो, ल्याबोरेटोरी स्कुल कीर्तिपुर, च्यासल खेल मैदान बालकुमारी, नेपाल वेद विद्याश्रम संस्कृत महाराजगञ्ज गरी पाँच स्थानमा शुल्क संकलन केन्द्र राखी बैंकले सेवा दिएको छ ।

त्यसै गरी उपत्यका बाहिर पोखरा, बुटवल, जनकपुर, धरान र डडेलधुरामा गरी ५ स्थानबाट सेवा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *