इरानद्वारा कतारलाई दैनिक ११ हजार टन खाद्यान्न निर्यात

Post Date : June 23, 2017 | 11:32 am

तेहरान, ९ असार । साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरुले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफुल र तरकारी कतार पठाएको जनाएको छ ।

साउदी अरव, संयुक्त अरव इमरेट्स र बहराइन लगायतका कतारसँग सम्वन्ध तोडेका देशहरुले भने यो सहयोगलाई अतिवादीहरु प्रतिको सहयोगको रुपमा लिएको फार्स समाचार समितिले बिहीबार जनाएको छ ।

ती देशहरुले गत जुन ५ देखि कतारसँग सम्वन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद गरेका देशहरुको आरोपलाई कतारले भने अस्विकार गरेको छ ।

इरान साउदी अरबको कडा आलोचक हो । इरानको बौशेहर प्रान्तका निर्देशक मोहम्मद मेहदी बोन्चारीले तेहरानले कतारका लागि दैनिक ११ हजार खाद्यपदार्थ पैठारी गरेको बताउनु भएको फार्सले जनाएको हो । इरानले इमिरेट्सलाई पनि खाद्यान्न पठाएको छ ।

जुन ११ तारिखका दिन राष्ट्रिय वायु सेवाले कतारलाई पाँच वटा जहाजमा तरकारी पठाएको एएफपीलाई बताएको थियो ।

त्यही दिन ईरानले ६६ टन मासु र विभिन्न जनावरहरु पनि कतार पठाएको फार्सले जनाएको छ । त्यसपछि पनि ९० टन मासु कतार पठाइएको छ ।

कतारको हवाइ सेवाले साउदी अरब, यमन र बहराइनले आफ्नो आकाशसमेत कतारी विमानलाई नदिने बताएपछि केही उडानलाई रुट परिवर्तन गरी इरानको बाटो भएर कतार ल्याएको थियो । यसले इरानी आकाशमा १७ प्रतिशतले ट्राफिक वृद्धि भएको छ ।

इरानले विवाद अन्त्य गर्न कतार र खाडी मुलुकका छिमेकी देशहरुका बीचमा सम्वादको आवश्यकता रहेको बताउदै आएको छ ।

इरानका विदेश मन्त्री मोहम्मद जाभाद जरिफले कतार विरुद्धको नाकाबन्दी जस्ता खाडी मुलुकसँगको विवाद दीर्घकालका लागि समाधान गर्न एउटा स्थायी संयन्त्र बनाउन आह्वान गर्नुभएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *