इलामको जोगमाई खोलाबाट ७.५ मेगावाट विद्युत उत्पादन शुरु

Post Date : April 18, 2017 | 8:39 am

इलाम, ५ वैशाख । सान्भी इनर्जी प्रा.लि.ले इलाम जिल्लाको नामसालिङ र नयाँ बजार गाविसमा पर्ने जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट विद्युत उत्पादन शुरु गरेको छ । उत्पादित उक्त विद्युत काबेली करिडोरअन्तर्गत ३३ केभी प्रशारण लाइनबाट गोदकस्थित सवस्टेसनमा पुरयाइएको छ । विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनमा ७.५ मेगावाट विद्युत थप भएको छ ।

१ अर्ब ५० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यस आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा प्रभु बैंक, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र कैलाश विकास बैंकले ऋण लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *