उत्तर कोरियाबाट अर्को मिसाइल परीक्षण

Post Date : March 25, 2016 | 10:13 am

एजेन्सी, ५ चैत । उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको छ । उत्तर कोरियाले ८ सय किलोमिटर लामो क्षमतामा मार हान्नसक्ने मिसाइलको समुद्रमा परीक्षण गरेको दाबी दक्षिण कोरिया र अमेरिकी अधिकारीहरुले गरेका हुन् । अमेरिकी राष्ट्रपति बाराक ओमाबाले थप नाकाबन्दी गर्ने निर्णय गरेलगत्तै उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति ओमाबाले उत्तर कोरियाली सरकारको अमेरिकामा रहेको सम्पूर्ण सम्पत्ति रोक्का गर्न आदेश दिनुभएको थियो । यसअघि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुन विपरित मिसाइल परीक्षण गरेको भन्दै संयुक्त राष्ट्र संघले पनि नाकाबन्दी गर्ने निर्णय गरिसकेको छ । तर नाकाबन्दीको बेवास्ता गर्दै उत्तर कोरियाले मिसाइल परीक्षण जारी राखेकाले तनाव बढ्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *