एआइआइबीको दोस्रो वार्षिक बैठक कोरियामा

Post Date : June 15, 2017 | 2:37 pm

जेजु इस्लान्द (दक्षिण कोरिया), १ असार । चीन सरकारको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको दोस्रो बार्षिक बैठक दक्षिण कोरियामा यसै हप्ता हुने भएको छ ।

उक्त बैंकको बोर्ड अफ गभर्नस्को दोस्रो बैठक यही शुक्रबार र शनिबार दक्षिण कोरियाको दक्षिणी भूभागमा रहेको जेजु रिसोर्टमा हुने भएको छ ।

यस बैंकको पहिलो बार्षिक बैठक चीनको राजधानी बेइजिङ्मा गतबर्ष भएको थियो । यो बैंकको औपचारिक स्थापना सन् २०१६ मा मात्र भएको हो । यो बैंक चीन सरकारको अग्रसरतामा स्थापना भएको हो ।

यस बैंकलाई बहुराष्ट्रिय बिकास बैंकका रुपमा विकास गर्ने योजना बनाइएको छ । यस बैंकले एसियाली राष्ट्रहरुमा पूर्वाधारको विकासका लागि आर्थिक सहायता र ऋण दिने छ ।

सो बैठकमा यो बैंकका सदस्य राष्ट्रहरुका करिब २ हजार सरकारी अधिकारी, पत्रकारहरु, बैंकका प्रतिनिधिहरु र अन्तर्राष्ट्रिय एजेन्सीका व्यक्तिको सहभागिता रहने जानकारी दिइएको छ ।

यो बैठक बिशेषगरी बैंकहरुको व्यवस्थापनका साथै एसियाली क्षेत्रमा पूर्वाधारको निर्माणजस्ता विषयमा केन्द्रित हुने भएको छ ।

दक्षिण कोरियाली सरकारले दिएको जानकारी अनुसार सो बैठकको मुख्य विषय बस्तु दिगो पूर्वाधार निर्माणजस्ता विषयमा केन्द्रित हुने पनि सो समाचारमा जनाइएको छ ।

यो बैठकको आयोजनाबाट दक्षिण कोरियालाई यसको आर्थिक क्षेत्रको बिकासका साथै विभिन्न देशहरुसँग आफ्नो सरकारको आर्थिक सम्बन्ध सुधार हुने कोरियाली अर्थमन्त्रालयले जानकारी दिएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *