एकाउण्टपेयी चेकबाट मात्रै भुक्तानी गर्न राष्ट्र बैंकको निर्देशन

Post Date : June 29, 2017 | 2:43 pm

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको नाममा निर्देशन जारी गर्दै १० लाख रुपैयाँ वा सोभन्दा माथिको कारोवार गर्दा अनिवार्य रूपमा एकाउण्टपेयी चेकमार्फत गर्नु पर्ने जनाएको छ ।

साथै फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा खिचिएका चेकहरूको भुक्तानीसमेत एकाउण्टपेयी हुनुपर्ने निर्देशन राष्ट्र बैंकको छ ।

आगामी २०७४ साउन १ गतेदेखि यो निर्णय लागू हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *