एकाउन्न बिगाहामा माछा पोखरी

Post Date : July 12, 2017 | 5:38 pm

सप्तरी, २८ असार । जिल्लामा यस वर्ष माछापालनको लागि ५१ बिगाहा जमिनमा पोखरी खनिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार प्रति कठ्ठा रु दश हजारका दरले अनुदान उपलब्ध गराएपछि किसानले पोखरी खनेका हुन् । माछापालन पोखरीका लागि दुईसयभन्दा बढी किसानले आवेदन दिएका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सप्तकोसी नगरपालिका– ६ बोचरीमा कार्यालयले खाद्यानबाली ब्लक कार्यक्रम सुरु गरेको छ । एक सय ५० बिगाहा जमिन छनोट गरी सामूहिक तथा संस्थागत रुपमा धानखेती सुरु गरिएको छ । सो कार्यक्रका लागि रु ८३ लाख बजेट विनियोजन गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *