एनआइसी एसिया बैंकको सिइओमा लक्ष्मण रिसाल

Post Date : May 17, 2016 | 3:11 pm

काठमाडौं, ४ जेठ । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लक्ष्मण रिसाल नियुक्त हुनु भएको छ । बैंक संचालक समितिको बैठकको निर्णय बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा रिसाल नियुक्त हुनु भएको हो । रिसाललाई कायममुकायम सिइओ बनाएको ११ महिनापछि बैंकले सिइओमा नियुक्त गरेको हो ।

रिसालसँग २६ वर्षदेखि बैंकिङ्ग तथा बिमा क्षेत्रमा विभिन्न नेतृत्वदायी भूमिकामा रही काम गरिसकेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *