एनआईसी एसिया बैंकको नाफा ७२ करोड रुपैयाँ

Post Date : January 19, 2017 | 3:36 pm

काठमाडौँ, ६ माघ । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पुस मसान्तमा ७२ करोड १४ लाख ४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७२।७३ को समीक्षा अवधिमा ५० करोड २० लाख ६१ हजार रुपैयाँ कमाएको थियो । यस वर्षको पुस मसान्तसम्म गत वर्षको खुद मुनाफाभन्दा ४३ दशमलब ६८ प्रतिशतले बढी हो ।

बैंकले २०७३ पुस मसान्तसम्म ७९ अर्ब ९१ करोड ४५ लाख निक्षेप संकलन र ६६ अर्ब ४२ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल ५ अर्ब ८१ करोड ९६ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । खरब कर्जा भने शुन्य दशमलब ७२ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *