एनआईसी एसिया बैंकको मुनाफा १ अर्ब ४६ करोड रुपैयाँ

Post Date : July 23, 2017 | 3:30 pm

काठमाडौँ, ८ साउन । एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्ममा ८६ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निस्क्रिय कर्जा भने शून्य दशमलब छत्तीस प्रतिशत रहेको छ । बैंकको चुक्ता पूँजी भने ६ अर्ब ६९ करोड २५ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *