एनआईसी एसिया बैंकको समुन्नति बचत खाता योजना

Post Date : April 16, 2017 | 2:03 pm

काठमाडौँ, ३ वैशाख । एनआईसी एसिया बैंकले ‘समुन्नति बचत खाता’ योजना ल्याएको छ । सर्वसाधारण जनतालाई यस बचत खातामार्फत अधिकतम ब्याज उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको बैंकले जनाएको छ । यो खाता शून्य मौज्दातमा खोल्न सकिने र वार्षिक ८ प्रतिशतका दरले ब्याज प्राप्त गर्न सकिने छ । यस बचत खाताका अन्य सुविधाहरूमा निःशुल्क डेबिट कार्ड, निःशुल्क एसएमएस, इन्टरनेट बैंकिङ र दैनिक ५ लाख रुपैयाँसम्म एबीबीएस निःशुल्क तथा क्रेडिट कार्ड जारी गर्दा विशेष छुट रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *