एनआईसी एसिया बैंकको १०८ औँ शाखा दुहबीमा

Post Date : June 27, 2017 | 12:47 pm

सुनसरी, १३ असार । एनआईसी एसिया बैंकले १०८ औँ शाखा सुनसरीको दुहबीमा स्थापना गरेको छ । शाखाको उद्घाटन दुहबी नगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रमोदकुमार कार्की र दुहबी उद्योग वाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले अाइतबार गर्नु भएको थियो । बैंकले हरेक संभावित बजार क्षेत्रमा आफ्ना ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ । बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ३५ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *