एनआईसी एसिया बैंकद्वारा अनाथ बालवाटिका संघलाई सहयोग

Post Date : July 24, 2017 | 12:08 pm

काठमाडौँ, ९ साउन । एनआईसी एसिया बैंकले आफ्नो संचालनको २० वर्ष प्रवेशको अवसरमा अनाथ बालवाटिका संघ, भैंसेपाटी, ललितपुरलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।

बैंकले सोही अवसरमा ट्रेड टावर थापाथलीस्थित कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा एकसय पचास जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्ना शाखा कार्यालयमार्फत देशभरका विभिन्न स्थानमा करिब ८ हजार विरुवा वृक्षारोपण पनि सम्पन्न गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *