एनएमबि बैंकको खुद मुनाफा १ अर्ब ६१ करोड रुपैयाँ

Post Date : August 2, 2017 | 5:08 pm

काठमाडौँ, १८ साउन । एनएमबि बैंकले आ.व. २०७३/७४ को चौथो त्रैमासिकको एकीकृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबि समूहले अघिल्लो आर्थिक वर्षभन्दा खुद मुनाफा ३९.५ प्रतिशतले वृद्घि गरी रु. १ अर्ब ६१ करोड खुद मुनाफा हासिल गर्न सफल भएको छ । बैंकले आफ्नो संचालन मुनाफा ६० प्रतिशतले वृद्धि गरी यस आर्थिक वर्षमा रु. १ अर्ब ९८ करोड पुरयाएको छ । मुनाफाको मुख्य स्रोत गैर कोषमा आधारित आम्दानी र ट्रेजरी आम्दानी रहेको छ । वित्तीय क्षेत्रमा देखिएको असहज बजार अवस्थामा पनि बैंकले हरेक त्रैमासिकमा लगातार समान वित्तीय प्रदर्शन गरेको कुरा बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । बैंकको समिक्षा अवधिमा शेयरधनीको कोष ५५ प्रतिशतले बढेको छ । जुन ६.९१ अर्वबाट रु १०.७३ अर्व पुगेको छ । एनएमबि बैंकको कर्जा रु ६२.६ अर्व रहेको छ । जुन विगत आ.व. २०७२/७३ का तुलनामा १५.५ प्रतिशत बढेको छ । साथै बैंकको निक्षेप परिचालन १३ प्रतिशतले वृद्धि भई रु ७३.२ अर्ब रहेको समेत उक्त विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै जारी विज्ञप्तीमा उल्लेख गरिए अनुसार एनएमबि बैंकले नेपाली बैंकिङ्ग इतिहासमै सबैभन्दा ठूलो वैदेशिक लगानी एफएमओ — नेदरलेण्डस् मार्फत भित्र्याएर एफएमओको लगानी २० प्रतिशत पुरयाएको छ । बैंकले २०७३ साल फागुन महिनामा नवौं बार्षिक ग्लोबल एलायन्स फर बैकिंङ्ग अन् भ्यालुज (जिएबिभि) सम्मेलनको आयोजना नेपालमा गर्न सफल भएको छ । सम्मेलनको मूल नारा “Shifting the Financial Paradigm – Courage to Act Together” लाई आत्मसाथ गर्दै जिएबिभिका सदस्यहरुले मुनाफालाई मात्र जोड नदिई दिगो बैंकिङ्ग प्रणाली अपनाई ग्राहक लगायत जनताहरुलाई सर्वसुलभ किसिमले वित्तीय प्रणालीको धारमा ल्याउनेतर्फ पहल गरेको छ । बैंकले आ.ब २०७३/७४ को अन्त्य सम्ममा ८० शाखा ४ ऐक्टेन्सन काउन्टर र ६८ वटा एटिएम सेवा विस्तार गरेको छ भने बैंकको दुईवटा सहायक कम्पनीहरु एनएमबि क्यापिटल तथा एनएमबि लघुवित्त वित्तीय संस्था रहेको छ । बैंकले संचालन गरेको एक घर एक खाता अभियानले बैंकिङ्ग पहुँचबाट टाढा रहेको जनताहरुलाई वित्तीय साक्षरता मार्फत बैंकिङ्ग प्रणालीमा समावेश गराउन सफल भएको छ । बैंकले साना तथा मझौला व्यवसाय वर्गलाई लक्षित गरी संचालन गरेको “Channel Financing Program” ले व्यवसायको हरेक खण्डमा लगानी विस्तार गर्दै वित्तीय सुविधाहरु प्रदान गरेको पनि विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *