एनएमबी बैंकको अगुआईमा माथिल्लो सोलुखोला जलविद्युत आयोजनामा लगानी

Post Date : January 31, 2017 | 12:34 pm

काठमाडौँ, १८ माघ । माथिल्लो सोलुखोला जलविद्युत आयोजनामा एनएमबी बैंकको अगुआईमा नेपाल बंगलादेश बैंक, भिबोेर सोसाईटी डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंकले लगानी गर्ने भएका छन् ।

आयोजनाको प्रबन्धक बेनी खोला पावर प्रोेजेक्ट र बैंकबीच ऋण सम्झौता भएको छ । सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल र बेनी खोला प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गर्नु भएको छ ।

१८ मेगावाट क्षमताको सो आयोजना लागत ३ अर्ब २६ करोड रुपैयाँमा एनएमबी बैंकको अगुआईमा २ अर्ब २८ करोड रुपैयाँ लगानी हुनेछ भने ९८ करोड रुपैयाँ प्रवर्द्धकको लगानी रहनेछ ।

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका–४, बेनीमा आयोजना स्थल रहेको छ ।

आयोजना २०७६ माघ १ गते सम्पन्न गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *