एनएमबी बैंक रिद्धिसिद्धि सिमेन्टको प्रमुख लगानीकर्ता

Post Date : July 28, 2016 | 11:19 am

काठमाडौं, १३ साउन । एनएमबी बैंक श्री रिद्धिसिद्धि सिमेन्ट कम्पनीको प्रमुख लगानीकर्ता हुने भएको छ । एनएमबी बैंकको अगुवाइ रहने उक्त सिमेन्ट उद्योगमा हिमालयन बैंकको सहवित्तीयकरण तथा अन्य नेपाल बैंक, नेपाल एसबिआई बैंक, सेन्चुरी कमर्सियल बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र सोसाइटी डेभलपमेन्ट बैंकको समेत लगानी रहनेछ ।

श्री रिद्धिसिद्धि सिमेन्ट कम्पनीको कुल निर्माण लागत ६ अर्ब ११ करोड रुपैया रहेको छ । बैंकहरूको कुल लगानी ४ अर्ब ५८ करोड रुपैया हुनेछ ।

श्री रिद्धिसिद्धि सिमेन्ट कम्पनी नेपालका व्यापारिक समूह शंकर ग्रुप र अम्बे समूहको लगानी रहेको कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *