एनबीआईले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने

Post Date : September 7, 2016 | 8:40 am

काठमाडौं, २२ भदौ । नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआई) ले नेपालमा पहिलो पटक एसियन प्यासिफिक एसोसियन अफ बैंकिङ इन्स्टिच्युट (APABI) को सम्मेलन आयोजना गर्न लागेको छ । सन् १९८६ मा स्थापित संगठन एपिएबिआई एसिया प्रशान्त क्षेत्रका ३० भन्दा बढी मुलुकको शीर्ष बैंकिङ प्रतिष्ठानहरूको संगठन हो ।

यस संगठनको दुई वर्षीय २०१६ र २०१७ को अध्यक्षता एनबिआईले गरिरहेको छ । अध्यक्ष गरिरहेको एनबिआईले असोज ६ र ७ गते सम्मेलन आयोजना गर्न लागेको हो ।

यस वर्ष सम्मेलनको विषय “बेष्ट प्राक्टिस इन बैंकिङ एण्ड फाइनान्सियल इण्डष्ट्रिज ट्यालेन्ट डेभलपमेन्ट इन एसिया प्यासिफिक” रहेको छ ।

सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *