“एनबी गौरव बचत खाता” संचालनमा

Post Date : August 13, 2016 | 11:24 am

काठमाडौं, २९ साउन । नेपाल बंगलादेश बैंकले नया योजना “एनबी गौरव बचत खाता” संचालनमा ल्याएको छ । यस खातामा घटिमा एकलाख रुपैया हुनुपर्ने र खातामा रहेको रकम अनुसार ब्याज तय गरिने बैंकले जनाएको छ । यो खाता खोल्ने ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ्ग सेवा र निःशुल्क भिसा कार्ड उपलब्ध गराइने जनाएको छ ।

बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्ममा ३९ अर्ब ८७ करोड रुपैया निक्षेप संकलन, ३२ अर्ब ५२ करोड रुपैया कर्जा प्रवाह गरी १ अर्ब १९ करोड रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *