एनबी बैंकको नयाँ शाखा धादिङ्गको गल्छीमा

Post Date : December 18, 2016 | 1:07 pm

काठमाडौँ, ३ पुस । नेपाल बंगलादेश बैंकले धादिङ्गको बैरेनी–८, गल्छीमा ३६ औँ शाखा स्थापना गरेको छ ।

शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले गर्नु भएको छ । गल्छी शाखासहित बैंकले ३६ शाखा, २ एक्सटेन्सन काउण्टर, ७ शाखारहित बैंकिङ्ग सेवा र ३५ एटिएमबाट घरदैलो बैंकिङ्ग सेवा दिँदै आएको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन र ३४ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *