एपेक्स डेभलपमेन्ट बैंकको विशेष साधारणसभा सम्पन्न

Post Date : September 14, 2016 | 4:18 pm

काठमाडौं, २९ भदौ । एपेक्स डेभलपमेन्ट बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष विष्णुप्रसाद धितालको अध्यक्षतामा सम्पन्न सभाले संस्थापक शेयरधनी र सर्वसाधारण शेयरधनी समूहको शेयर अनुपात ५१ः४९ हुने व्यवस्थालाई पारित गरेको छ ।

बैंकको १३ औं साधारणसभाको निर्णयानुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंकसँग मर्ज हुनका लागि अन्तिम सहमती प्राप्त हुन बाँकी रहेको र चाँडै नै मर्ज भई एकीकृत कारोवार गर्ने सभामा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *