एभरेष्ट बैंकले ३३ प्रतिशत हकप्रद शेयर जारी गर्ने

Post Date : June 14, 2017 | 11:23 am

काठमाडौँ, ३१ जेठ । एभरेष्ट बैंकले ३३ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ६० करोड ६४ लाख २७ हजार रुपैयाँ रहेको छ । बैंकले रु.१००।– अंकित दरका १ अर्ब ५० करोड ८८ लाख ८ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *