एभरेष्ट बैंकले ७० प्रतिशत बोनस शेय दिने

Post Date : December 14, 2016 | 11:40 am

काठमाडौँ, २९ मङ्सिर । एभरेष्ट बैंकले आफ्ना शेयरधनीलाई ७० प्रतिशत बोनस शेयर र ३ दबमलब ६८ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने भएको छ ।

बैंकको आउँदो यही पुस २३ गते हुने २२ औँ वार्षिक साधारण सभाले पारित गरेपछि बोनस शेयर वितरण गरिने बैंकले जनाएको छ । बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ३ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभामा राखिएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन र ६९ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरी ५१ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको यस अवधिमा निस्क्रीय कर्जा भने शून्य दशमलब ३६ प्रतिशत रहेको छ । बैंकको चुक्ता पूँजी २ अर्ब ७४ करोड २६ लाख ४ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *