कञ्चन डेभलपमेन्ट बैंक आफ्नै भवनमा

Post Date : February 17, 2017 | 3:15 pm

कञ्चनपुर, ६ फागुन । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्रधान कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंक आफ्नै स्वामित्वको भवनबाट बैंकिङ कारोवार शुरु गरेको छ ।

स्थापना हुँदा शुरुमा भीमदत्त नगरपालिका–४ मा घरभाडा लिई २०६६ साल असोज ३ गतेदेखि माथिल्लो तलामा बैंकको प्रधान कार्यालय र भुईतलामा शाखा कार्यालय राखी सेवा संचालनमा गरेकोमा हाल बैंकको आफ्नै भवनमा सरेको छ ।

हालसम्म बैंकले कञ्चनपुरको महेन्द्रनगर, दैजी, झलारी, बेल्डाँडी, बेलौरी, कैलालीको आईबीआरडी धनगढी, अत्तरिया, डडेलधुराको अमरगढीमा गरी ९ वटा शाखा र १ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिंदै आएको छ ।

बैंकले आगामी ३ महिनाभित्र कैलालीको टिकापुर, लम्की, सुखड र बौनियामा थप ४ वटा शाखा खोल्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *