कन्काई विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने
        Post Date : November 18, 2016 | 3:05 pm
          
            
            
            
            
           
        
        
                  
                  झापा, ३ मङ्सिर । कन्काई विकास बैंकले आर्थिक बर्ष २०७२।७३ को खुद मुनाफा मध्येबाट शेयर धनीलाई चुक्ता पूँजी १२ करोड ४० लाख रुपैयाको २० प्रतिशतले हुने रकम २ करोड ५० लाख रुपैया वितरण गर्ने भएको छ ।
बोनस शेयर वितरणपछि कायम हुन आउने शेयर संख्याको १ बराबर २ दशमलब १४ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ ।
बैंकको आगामी दशौँ वार्षिक साधारण सभाबाट बोनस शेयर र हकप्रद शेयर दिने प्रस्ताव पारित भएपछि कार्यान्यनमा आउनेछ ।

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            