कम्युनिटी डेभलपमेन्ट बैंक र एनआईबीएल क्यापिटल मार्केटबीच सम्झौता

Post Date : July 7, 2017 | 11:10 am

काठमाडौँ, २३ असार । कम्युनिटी डेभलपमेन्ट बैंक र एनआईबीएल क्यापिटल मार्केटबीच हकप्रद शेयर निष्काशनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनाल र एनआईबीएल क्यापिटल मार्केटका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नु भएको छ ।

बैंकले रु.१००।– अंकित दरका २६ लाख ४३ हजार ५ सय ३८ दशमलब ८० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंकको हाल चुक्ता पूँजी २२ करोड २ लाख ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *