कामना विकास बैंकको खुद मुनाफा १० करोड ५ लाख रुपैयाँ

Post Date : February 28, 2017 | 11:26 am

काठमाडौँ, १७ फागुन । कामना विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म ६ अर्ब ९ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन र ६ अर्ब १ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरी १० करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासिकमा बैंकले खुद मुनाफा ४ करोड ३६ लाख रुपैयाँ गरेको थियो ।

बैंकको चालु आ.व.को पुस मसान्तसम्म निस्क्रिय कर्जा १ दशमलब ४८ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलब ०५ प्रतिशत रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा ३८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

बैंकको ९ वटा एटिएम र २१ वटा शाखामार्फत ग्राहकवर्गलाई बैंकिङ सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *