कामना विकास बैंकले २१ दशमलब ५८ प्रतिशत बोनस शेयर वितरण गर्ने

Post Date : February 17, 2017 | 9:08 am

काठमाडौँ, ६ फागुन । कामना विकास बैंकले हाल कायम रहेको चुक्ता पूँजीको २१ दशमलब ५८ प्रतिशतले हुन आउने १४ करोड २७ लाख ७४ हजार ३ सय ३० रुपैयाँ र ९४ पैसा बोनस शेयर वितरण गर्ने भएको छ ।

त्यस्तै, बोनस शेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजीको १० बराबर ३ शेयरको अनुपातमा अर्थात ८० करोड ४३ लाख ७९ हजार २ सय रुपैयाँको हकप्रद शेयर जारी गर्ने भएको छ ।

संचालक समितिको यी दुवै प्रस्ताव बैंकको २०७३ फागनु १९ गते बस्ने दशौँ वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *