कामना विकास बैंक र सेवा विकास बैंक मर्ज हुने

Post Date : November 27, 2016 | 2:52 pm

काठमाडौँ, १२ मंसिर । कामना विकास बैंक र सेवा विकास बैंक एक आपसमा मर्ज हुने सम्झौता भएको छ । सम्झौतामा कामना विकास बैंकका अध्यक्ष राजेन्द्रनिधि कोइराला र सेवा विकास बैंकका अध्यक्ष भिमप्रसाद तुलाचनले हस्ताक्षर गर्नु भएको छ ।

मर्जरपछि बन्ने राष्ट्रिय स्तरको विकास बैंकको नाम कामना सेवा विकास बैंक लिमिटेड रहने समझदारी भएको छ । मर्जरपश्चात बैंकको अध्यक्षमा कामना विकास बैंकका राजेन्द्रनिधि कोइराला, प्रमुख कार्यकारी अधिकृतमा सेवा विकास बैंकका महेशप्रसाद काफ्ले र नायब प्रमुख कार्यकारी अधिकृतमा कामना विकास बैंकका तोयराज अधिकारी रहने सहमती भएको छ ।

मर्जरपछि बैंकको प्रधान कार्यालय काठमाडौंमा रहनेछ । मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै निक्षेप संकलन ११ अर्ब ५५ करोड रुपैयाँ र कर्जा प्रवाह १० अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ । शाखा संख्या ४० र एटिएम संख्या १२ पुग्नेछ ।

दुवै बैंकको हकप्रद शेयर निष्काशन गरिसकेकोले सो पश्चात बैंकको चुक्तापूँजी २ अर्ब ६ करोड पुग्ने बैंकले जनाएको छ ।

आगामी चैत्र मसान्तसम्म एकीकृत कारोवार गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *