कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले ६५ प्रतिशत बोनस शेयर दिने

Post Date : February 20, 2017 | 5:54 pm

काठमाडौँ, ९ फागुन । वालिङ बजारमा प्रधान कार्यालय रहेको कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले ६५ प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयर वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । बैंकको आगामी वार्षिक साधारण सभाले बोनस शेयर दिने प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

बैंकको हाल चुक्ता पूँजी ५ करोड रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि बैँकको चुुक्ता पूँजी ८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

बैँकले स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, नवलपरासी, पाल्पा, तनहुँ, गोरखा, धादिङ र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाएको छ ।

बैँकले गत आर्थिक वर्ष २०७२।७३ मा २ करोड ६४ लाख १० हजार रुपैयाँ खुद मुनाफा गरेको थियो । सो अवधिमा जगेडा कोषमा ७ करोड ६४ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

बैँकले चालु आर्थिक वर्ष २०७३।७४ को दोश्रो त्रैमासिकमा २५ करोड ५८ लाख निक्षेप संकलन र ५३ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *