कुमारी बैंकले शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर दिने

Post Date : March 23, 2017 | 5:39 pm

काठमाडौँ, १० चैत । कुमारी बैंकको १६ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले ५६ करोड ६८ लाख २४ हजार ९ सय ७१ रुपैयाँ ६४ पैसा बराबरको बोनस शेयर कर प्रयोजनको लागि २ करोड ९७ लाख ८६ हजार ९ सय ४३ रुपैयाँ ९९ पैसा नगद लाभांश दिनेछ ।

बैंकको हाल चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

बैंकले २ बराबर १ को अनुपातमा १ करोड ३४ लाख ९५ हजार ८ सय ३५ कित्ता हकप्रद शेयर निष्काशनको क्रममा रकम संकलन भइरहेको छ । रकम संकलनको म्याद २०७४ बैशाख १० गतेसम्म रहेको छ ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने सम्झौतालाई पनि पारित गरेको छ ।

सभाले ४ वटा संस्थालाई प्राप्ती गरेपछि कायम हुने चुक्ता पूँजीमा थप १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १ सय ६५ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *