कुमारी बैंक राम्रो रेमिटबीच रेमिट्यान्स सम्झौता

Post Date : July 13, 2017 | 11:17 am

काठमाडौँ, २९ असार । कुमारी बैंक लिमिटेड र राम्रो रेमिटबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र राम्रो रेमिट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौताअनुसार विश्वका विभिन मुलुकबाट नेपालीले पठाएको रकम कुमारी बैंकले आफ्ना ७४ वटा शाखा कार्यालयका साथै ५ हजारभन्दा बढी कुमारी रेमिटका एजेन्टमार्फत सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *