कृषि विकास बैंकको अध्यक्षमा सेंजुवाल

Post Date : July 27, 2017 | 3:13 pm

काठमाडौँ, १२ साउन । कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा क्षेत्रबहादुर सेंजुवाल नियुक्त हुनु भएको छ । सेंजुवाललाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले शपथग्रहण गराउनु भएको थियो ।

शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको समेत उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *