कृषि विकास बैंकले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने

Post Date : April 15, 2017 | 8:39 am

काठमाडौँ, २ वैशाख । कृषि विकास बैंकको बिहीबार सम्पन्न १० औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफाबाट आफ्ना २ लाख ५० हजार शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलब ०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल सरकारको २०७३ असार मसान्तसम्म कायम रहेको ६ अर्ब ४३ करोड ६८ लाख रुपैयाँलाई वार्षिक ६ प्रतिशतले हुने रकम ३८ करोड ६२ लाख ८ हजार रुपैयाँ नगद लाभांशको रूपमा वितरण गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँमा २० प्रतिशत बोनस शेयरबापत १ अर्ब १८ करोड १२ लाख ८० हजार रुपैयाँसमेत चुक्ता पूँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

बैंकले २०७३ फागुन मसान्तसम्म ८८ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन र ९२ अर्ब ७३ करोड कर्जा प्रवाह गरी १ अर्ब ७८ करोड रुपैयाँ मुनाफा गरेको छ । त्यस्तै, निस्क्रिय कर्जा ३ दशमलब ४१ प्रतिशत रहेको छ ।

हाल बैंकको कुल २५० शाखामध्ये १९१ वटा शाखाबाट सिबिएसका लागि अत्याधुनिक अनलाईन बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *