कृषि विकास बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

Post Date : June 4, 2017 | 11:26 am

काठमाडौँ, २१ जेठ । कृषि विकास बैंक र बुम रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि बुम रेमिटमार्फत विदेशबाट नेपालीले पठाएको रकम बैंकको सबै शाखाबाट भुक्तानी लिन सकिने जनाइएको छ । बैंकका ७५ जिल्लामा २ सय २४ वटा शाखा छन् । बैंकका शाखाले बुम रेमिट्यान्ससँग आवद्ध अन्य रेमिट्यान्सको पनि भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *