कृषि व्यवसाय नै राष्ट्र निर्माणको आधार हो उपराष्ट्रपति

Post Date : July 4, 2016 | 4:42 pm

काठमाडौं, २० असार । उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालको मुहार परिवर्तन गर्नका लागि युवाको कृषिमा सहभागिता अनिवार्य रहेको बताउनु भएको छ । फोर एच नेपालद्वारा आयोजना गरिएको प्रथम युवा कृषि उद्यम सम्मेलनलाई सम्बोधन गर्दै उनले भने कृषि र व्यवसाय समृद्ध नेपाल निर्माणका लागि अपरिहार्य रहेको छ । यसलाई अगाडि बढाउन सरकारले उचित कार्यक्रमहरु ल्याउनु आवश्यक रहेको जनाएका छन् । यस कार्यमा युवाहरुको प्रतिनिधित्व र निर्णायक भूमिका रहनुपर्ने बताएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै कृषि मन्त्री हरिबोल गजुरेलले २०४६ पछि नेपालमा पहिलो पटक कृषिले प्राथमिकता पाएको बताएका छन् । कृषि विकासको आधारशीला रहेको जनाएका छन् । गजुरेलले नेपालमा किसान प्रविधि र युवा श्रम र पूजी खोजीमा रहेको दाबी बताए । यो वर्षबाट कृषकको बीमा गरिने र कृषिलाई व्यवसायीकरणका लागि आधारहरु तय गरिने जनाएका छन्

कार्यक्रममा नेपालस्थित इजरायाली राजदूत यारोन मायरले इजरालले नेपालसँगै अझै सहकार्य गर्न तयार रहेका बताए । उनले इजरालको प्रविधि नेपाल भित्र्याउनका लागि नयाँ सहमति गर्न पनि आफूहरु तयार रहेको जनाए ।

युवा कृष तथा उद्यमीहरुको मुद्दालाई राष्ट्रियकरण गर्न तथा युवालाई संजालीकरण गर्नका लागि यो सम्मलेनको आवश्यकता रहेको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जनाएका छन् ।

फोर एच नेपालद्धारा आयोजना गरिएको प्रथम य्वा कृषि उद्यम सम्मेलनमा ५० ओटा जिल्लाबाट १ सय ५० जना युवा, कृषक र उद्यमीको सहभागिता रहेको छ । कार्यक्रम २ दिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *