केन्यामा १४० मेगावाट जियोथर्मल विद्युत उत्पादनको तयारी

Post Date : September 29, 2016 | 5:23 pm

नैरोबि, १३ असोज । विद्युत उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १४० मेगावाट जियोथर्मल विद्युत उत्पादन परियोजनाको खाका तयार पारेको छ । यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना शुरुवात गरिसक्ने जनाइएको छ ।

पृथ्वीको सतह तातेपछि त्यसबाट उत्पन्न हुने तापक्रमलाई समेटेर एकत्रित गरी विद्युत शक्तिमा परिणत गरी भण्डारण र विद्युत आपूर्ति गर्ने प्रणालीलाई जियोथर्मल प्रविधि भनिन्छ ।

तुलनात्मक रुपले जल विद्युत उत्पादन लागत सरह खर्च लाग्ने यस प्रविधिबाट विद्युत उत्पादन गर्न जलस्रोत, पेट्रोलियम इन्धन, आणविक वा अन्य कुनै प्रकारको रासायनिक उर्जा आवश्यक पर्दैन ।

यसमा, सूर्यबाट भू(सतहमा प्राप्त हुने तापक्रमलाई वैज्ञानिक प्रक्रियाबाट जियोथर्मल तापवाष्प तयार गरी एकत्रित पार्दै विद्युत उर्जामा परिणत गरी विद्युत आपूर्ति गरिन्छ ।

जियोथर्मल तापवाष्प उत्पादन, सङ्कलन तथा बिक्री बितरण कार्य सरकारी स्वामीत्वको केन्या इलेक्ट्रिसिटि जेनेरेटिङ्ग कम्पनी (केन्जेन्) ले गर्ने र खरीद गर्ने संस्थाले सो तापवाष्पलाई विद्युत उर्जामा परिणत गरी विद्युत आपूर्ति गर्ने परिपाटी हुनेछ ।

केन्जेन्को जियोथर्मल शक्ति विकास बिभागका निर्देशक आबेल रोटिकले यस परियोजनामा भौतिक पूर्वाधार निर्माणकार्य र मेसिनरी प्लान्ट, उपकरण जडानका लागि लगभग तीस करोड अमेरिकी डलर लगानी गर्न रकमको बन्दोबस्त भै सकेको नैरोबिमा सिन्ह्वा समाचारदातालाई बताए ।

जियोथर्मल शक्ति प्रकृति (सूर्य) बाट नित्य निरन्तर प्राप्त भै रहने नवीकरणिय उर्जास्रोत भएकाले यस अन्तहीन स्रोतको अधिकतम उपयोगलाई केन्या सरकारले प्राथमिकता दिने पनि निर्देशक आबेलले बताए।

राजधानी नैरोबिबाट करीब एकसय किलोमिटर टाढा उत्तरपश्चिममा पर्ने ओल्कारिया इलाकामा ओल्कारिया(पाँचौं नामाकरण गरिएको यस परियोजना शुरु भएको मितिले अठार महिनासम्ममा सम्पन्न गरिसक्ने लक्ष राखिएको छ ।

वर्तमानमा केन्यामा केन्जेन्ले पाँचसयचालिस र निजी क्षेत्रको अर्को एउटा छुट्टै कम्पनीले एकसयचालिस गरी जम्मा छसयअसी मेगावाट जियोथर्मल विद्युत उत्पादन गरिरहेका छन् ।

यस पूर्वीअफ्रिकाली राष्ट्रभरी समग्रमा कूल सातहजार मेगावाट सम्भाव्य जियोथर्मल विद्युत क्षमता भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *