कैलाश विकास बैंकको सिइओमा अमृतचरण श्रेष्ठ नियुक्त

Post Date : April 18, 2017 | 9:18 am

काठमाडौँ, ५ वैशाख । कैलाश विकास बैंकको संचालक समितिले २०७४ जेठ १४ गतेदेखि लागू हुने गरी अमृतचरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गर्ने निर्णय गरेको छ । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका श्रेष्ठले पछिल्लो पटक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृत भई काम गरिसक्नु भएको छ ।

त्यस्तै संचालक समितिको बैठकले संचालक नारायणप्रसाद पौडेललाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । उच्च अदालत पाटनको आदेश बमोजिम तत्कालीन अध्यक्ष राजेन्द्र गिरी निलम्बनमा परेपछि अध्यक्ष पद रिक्त रहेको थियो ।

कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको पदावधि २०७४ जेठ १३ गते सकिँदै छ । उहाँले २ कार्यकाल प्रमुख कार्यकारी अधिकृतको हैसियतले काम गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *