गरिमा विकास बैंकको शाखा स्याङ्जाको बिर्घामा

Post Date : February 14, 2017 | 4:39 pm

काठमाडौँ, ३ फागुन । गरिमा विकास बैंकले स्याङ्जाको बिर्घामा नयाँ शाखा स्थापना गरेको छ । यो बैंकको ३८ औँ शाखा हो ।

कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले म्याग्दीमा केन्द्रीय कार्यालय रहेको निलगिरी विकास बैंक र चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंकलाई गाभेको हो । बैंकले काठमाडौँको लाजिम्पाट, चाबहिल, कलंकी, कास्कीको तल्लो गगनगौंडा, रुपन्देहीको फर्साटिकर, मणिग्राम र खैरेनी, गुल्मीको तम्घास र शान्तिपुर तथा कपिलवस्तुको चन्द्रौटामा शाखा विस्तार गर्न लागेको जनाएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोश्रो त्रैमासिकमा १३ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन र १२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरी २५ करोड ७ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *